नेपाल खानेपानी संस्थानको विज्ञापन सूचना २०८३ खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना नेपाल खानेपानी संस्थान, प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट मिति २०८३.०१.०४ मा प्राप्त सहमति अनुसार, रिक्त पदका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३.०१.०६) ले २१ दिनभित्र र थप ७ दिनभित्र दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन्। आवेदन फाराम, तोकिएको शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू र अन्य आवश्यक कागजातका साथै नबिल बैंकको खाता नं. ०२०१०१७५००७४२ मा परीक्षा दस्तुर जम्मा गरेको भौचर वा रसिद संलग्न गरी संस्थानको प्रधान कार्यालय, त्रिपुरेश्वरमा बुझाउनुपर्नेछ । आवेदन फाराम संस्थानको वेबसाइट www.nwsc.gov.np बाट प्राप्त गर्न सकिनेछ । विज्ञापन गरिएका पदहरू, आवश्यक शैक्षिक योग्यता, परीक्षा दस्तुर र खुला तथा समावेशी कोटाको विवरण निम्नानुसार छ...
Comments
Post a Comment