Nepal khanepani sansthan vacancy 2083
नेपाल खानेपानी संस्थानको विज्ञापन सूचना २०८३
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना
नेपाल खानेपानी संस्थान, प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट मिति २०८३.०१.०४ मा प्राप्त सहमति अनुसार, रिक्त पदका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३.०१.०६) ले २१ दिनभित्र र थप ७ दिनभित्र दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन्।
आवेदन फाराम, तोकिएको शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू र अन्य आवश्यक कागजातका साथै नबिल बैंकको खाता नं. ०२०१०१७५००७४२ मा परीक्षा दस्तुर जम्मा गरेको भौचर वा रसिद संलग्न गरी संस्थानको प्रधान कार्यालय, त्रिपुरेश्वरमा बुझाउनुपर्नेछ । आवेदन फाराम संस्थानको वेबसाइट www.nwsc.gov.np बाट प्राप्त गर्न सकिनेछ ।
विज्ञापन गरिएका पदहरू, आवश्यक शैक्षिक योग्यता, परीक्षा दस्तुर र खुला तथा समावेशी कोटाको विवरण निम्नानुसार छ:
रिक्त पदहरूको विवरण:
१. विज्ञापन नं. २३/०८२/०८३
- पद: उप-प्रबन्धक (तह ९)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र कुनै सरकारी सेवा वा प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको । तर, विद्यावारिधि (PhD) प्राप्त गरेको व्यक्तिको हकमा अनुभवको अवधि २ वर्ष कम भए पनि योग्य मानिनेछ ।
- परीक्षा दस्तुर: रु. २,०००.००
२. विज्ञापन नं. २४/०८२/०८३
- पद: उप-प्रबन्धक (तह ९)
- सेवा/समूह: प्रशासन / लेखा
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: विज्ञापन नं. २३ को समान (लेखा सम्बन्धित विषयमा स्नातकोत्तर) ।
- परीक्षा दस्तुर: रु. २,०००.००
३. विज्ञापन नं. २५/०८२/०८३
- पद: सहायक प्रबन्धक (तह ८)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (१), महिला (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा स्नातकोत्तर र अधिकृत स्तरमा ५ वर्षको अनुभव (PhD को हकमा २ वर्ष छुट) ।
- परीक्षा दस्तुर: रु. २,०००.००
४. विज्ञापन नं. २६/०८२/०८३
- पद: सहायक प्रबन्धक (तह ८)
- सेवा/समूह: प्रशासन / लेखा
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: लेखा सम्बन्धित विषयमा स्नातकोत्तर र ५ वर्षको अनुभव ।
- परीक्षा दस्तुर: रु. २,०००.००
५. विज्ञापन नं. २७/०८२/०८३
- पद: सिभिल इन्जिनियर (तह ७)
- सेवा/समूह: प्राविधिक / सिभिल
- कोटा: खुला (८), महिला (२), आदिवासी जनजाति (१), मधेसी (१), दलित (१), पिछडिएको क्षेत्र (१)
- न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक (Bachelor's) तह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
६. विज्ञापन नं. २८/०८२/०८३
- पद: मेकानिकल इन्जिनियर (तह ७)
- सेवा/समूह: प्राविधिक / इलेक्ट्रो-मेकानिकल
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
७. विज्ञापन नं. २९/०८२/०८३
- पद: कम्प्युटर इन्जिनियर (तह ७)
- सेवा/समूह: प्राविधिक / कम्प्युटर
- कोटा: महिला (१)
- न्यूनतम योग्यता: सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
८. विज्ञापन नं. ३०/०८२/०८३
- पद: कानून अधिकृत (तह ७)
- सेवा/समूह: प्रशासन / कानून
- कोटा: खुला (१), महिला (१)
- न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून विषयमा स्नातक (LLB) उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
९. विज्ञापन नं. ३१/०८२/०८३
- पद: शाखा अधिकृत (तह ७)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
१०. विज्ञापन नं. ३२/०८२/०८३
- पद: सहायक अधिकृत (तह ६)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (२), महिला (१), आदिवासी जनजाति (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
११. विज्ञापन नं. ३३/०८२/०८३
- पद: सहायक लेखा अधिकृत (तह ६)
- सेवा/समूह: प्रशासन / लेखा
- कोटा: खुला (२), महिला (१), आदिवासी जनजाति (१)
- न्यूनतम योग्यता: वाणिज्य (Commerce) वा व्यवस्थापन (Management) विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
१२. विज्ञापन नं. ३४/०८२/०८३
- पद: सहायक कानून अधिकृत (तह ६)
- सेवा/समूह: प्रशासन / कानून
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: कानून विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. १,२००.००
१३. विज्ञापन नं. ३५/०८२/०८३
- पद: वरिष्ठ सहायक (तह ५)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (६), महिला (१), आदिवासी जनजाति (१), मधेसी (१), दलित (१)
- न्यूनतम योग्यता: प्रमाणपत्र तह (PCL/+2) वा सो सरह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
१४. विज्ञापन नं. ३६/०८२/०८३
- पद: हेभी इक्विपमेन्ट चालक (तह ५)
- सेवा/समूह: प्रशासन / चालक
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण भई हेभी इक्विपमेन्ट एक्साभेटर अपरेटर लाइसेन्स प्राप्त गरेको ।
- परीक्षा दस्तुर: रु. ७००.००
१५. विज्ञापन नं. ३७/०८२/०८३
- पद: लेखापाल (तह ५)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (६), महिला (१), आदिवासी जनजाति (१), मधेसी (१)
- न्यूनतम योग्यता: वाणिज्य वा व्यवस्थापनमा प्रमाणपत्र तह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
१६. विज्ञापन नं. ३८/०८२/०८३
- पद: सब-इन्जिनियर (तह ५)
- सेवा/समूह: प्राविधिक / सिभिल
- कोटा: खुला (४), महिला (१), आदिवासी जनजाति (१), मधेसी (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
१७. विज्ञापन नं. ३९/०८२/०८३
- पद: सुपरभाइजर (तह ५)
- सेवा/समूह: प्राविधिक / सिभिल
- कोटा: खुला (१), महिला (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
१८. विज्ञापन नं. ४०/०८२/०८३
- पद: सुपरभाइजर (तह ५)
- सेवा/समूह: प्राविधिक / इलेक्ट्रो-मेकानिकल
- कोटा: खुला (१), महिला (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
१९. विज्ञापन नं. ४१/०८२/०८३
- पद: केमिष्ट (तह ५)
- सेवा/समूह: प्राविधिक / क्वालिटी
- कोटा: खुला (२), महिला (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
२०. विज्ञापन नं. ४२/०८२/०८३
- पद: वरिष्ठ कम्प्युटर अपरेटर (तह ५)
- सेवा/समूह: प्राविधिक / कम्प्युटर
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: कम्प्युटर विषय लिई प्रमाणपत्र तह उत्तीर्ण वा अन्य विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त गरेको ।
- परीक्षा दस्तुर: रु. ७००.००
२१. विज्ञापन नं. ४३/०८२/०८३
- पद: सहायक (तह ४)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (८), महिला (२), आदिवासी जनजाति (२), मधेसी (१), दलित (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
२२. विज्ञापन नं. ४४/०८२/०८३
- पद: वरिष्ठ मिटर रिडर (तह ४)
- सेवा/समूह: प्रशासन / प्रशासन
- कोटा: खुला (४), महिला (१), आदिवासी जनजाति (१), मधेसी (१)
- न्यूनतम योग्यता: सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
२३. विज्ञापन नं. ४५/०८२/०८३
- पद: हेभी चालक (तह ४)
- सेवा/समूह: प्रशासन / चालक
- कोटा: खुला (१)
- न्यूनतम योग्यता: कक्षा १० उत्तीर्ण गरी हेभी सवारी चालक अनुमति पत्र (License) प्राप्त गरेको ।
- परीक्षा दस्तुर: रु. ७००.००
२४. विज्ञापन नं. ४६/०८२/०८३
- पद: सहायक लेखापाल (तह ४)
- सेवा/समूह: प्रशासन / लेखा
- कोटा: खुला (१७), महिला (४), आदिवासी जनजाति (३), मधेसी (३), दलित (१), अपाङ्गता (१), पिछडिएको क्षेत्र (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण ।
- परीक्षा दस्तुर: रु. ७००.००
२५. विज्ञापन नं. ४७/०८२/०८३
- पद: वरिष्ठ प्लम्बर (तह ४)
- सेवा/समूह: प्राविधिक / सिभिल
- कोटा: खुला (४), महिला (१), आदिवासी जनजाति (१), मधेसी (१), दलित (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण भई सम्बन्धित विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको ।
- परीक्षा दस्तुर: रु. ७००.००
२६. विज्ञापन नं. ४८/०८२/०८३
- पद: प्लान्ट अपरेटर (तह ४)
- सेवा/समूह: प्राविधिक / सिभिल
- कोटा: खुला (२), महिला (१), आदिवासी जनजाति (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण भई सम्बन्धित विषयमा ६ महिनाको तालिम प्राप्त ।
- परीक्षा दस्तुर: रु. ७००.००
२७. विज्ञापन नं. ४९/०८२/०८३
- पद: पम्प अपरेटर (तह ४)
- सेवा/समूह: प्राविधिक / इलेक्ट्रो-मेकानिकल
- कोटा: खुला (६), महिला (१), आदिवासी जनजाति (१), मधेसी (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण भई ६ महिनाको तालिम प्राप्त ।
- परीक्षा दस्तुर: रु. ७००.००
२८. विज्ञापन नं. ५०/०८२/०८३
- पद: मिटर मेकानिक्स (तह ४)
- सेवा/समूह: प्राविधिक / इलेक्ट्रो-मेकानिकल
- कोटा: खुला (२), आदिवासी जनजाति (१), मधेसी (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण भई ६ महिनाको तालिम प्राप्त ।
- परीक्षा दस्तुर: रु. ७००.००
२९. विज्ञापन नं. ५१/०८२/०८३
- पद: कम्प्युटर अपरेटर (तह ४)
- सेवा/समूह: प्राविधिक / कम्प्युटर
- कोटा: खुला (४), महिला (१), मधेसी (१)
- न्यूनतम योग्यता: SLC वा सो सरह उत्तीर्ण भई ६ महिनाको तालिम प्राप्त ।
- परीक्षा दस्तुर: रु. ७००.००
द्रष्टव्य (नोटहरू):
- शैक्षिक योग्यता: विदेशी शिक्षण संस्थाको योग्यताको हकमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता (Equivalency) निर्धारण गरेको प्रमाण पेश गर्नुपर्नेछ। आंशिक (Part-time) अनुभव गणना गरिने छैन ।
- काउन्सिल दर्ता: व्यावसायिक काउन्सिलमा दर्ता हुनुपर्ने पदहरूको हकमा दर्ता वा नवीकरण भएको प्रमाण अनिवार्य छ । इन्जिनियरिङ पदका लागि इन्जिनियरिङ काउन्सिल दर्ता अनिवार्य हुनेछ ।
-
उमेर हद:
- सहायक स्तर: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गताको हकमा ४० वर्ष)।
- अधिकृत स्तर (तह ६ र ७): २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गताको हकमा ४० वर्ष)।
- अधिकृत स्तर (तह ८ र ९): २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
- संस्थानका स्थायी कर्मचारीलाई उमेर हद लाग्ने छैन ।
- समावेशी समूह: समावेशी कोटामा आवेदन दिनेले नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०५१ को विनियम ६ बमोजिमको योग्यता प्रमाणित गर्ने कागजात पेश गर्नुपर्नेछ ।
- लिखित परीक्षा: लोक सेवा आयोगले सञ्चालन गर्नेछ । परीक्षा तालिका र केन्द्र पछि प्रकाशित गरिनेछ ।
- पाठ्यक्रम: संस्थानको वेबसाइट www.nwsc.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।
- थप दस्तुर: समावेशी तर्फका प्रत्येक थप समूहका लागि तह ८ र ९ लाई रु. ५००, तह ६ र ७ लाई रु. ४०० र सहायक स्तरलाई रु. २०० थप दस्तुर लाग्नेछ ।
- विशेष नियम: अप्राविधिक चौथो तहका लागि लोक सेवा आयोगबाट २०८२.०७.१५ मा सञ्चालित पूर्व-योग्यता (Pre-qualification) परीक्षा उत्तीर्ण भएको प्रमाण संलग्न गर्नुपर्नेछ ।
पदपूर्ति समिति: नेपाल खानेपानी संस्थान


Comments
Post a Comment