लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

४ चैत २०८२, बुधबार (गोरखापत्र संग्रह) | प्रस्तुतकर्ता: टङ्क केसी

१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ?
👉 छ वटा
(राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा)
२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' (International Wellness Day) मनाइने भएको छ ?
👉 १५ अप्रिल
महासभाद्वारा पारित मिति: सन् २०२६ मार्च १० (नेपालको प्रस्तावमा घोषणा भएको)
३. फोब्र्सद्वारा सन् २०२६ मार्च ११ मा प्रकाशित सूची अनुसार विश्वका पहिलो धनाढ्य को हुन् ?
👉 एलन मस्क
कुल सम्पत्ति: ८३९ अर्ब डलर | विनोद चौधरी: १,९८२ औँ स्थान (२.१ अर्ब डलर)
४. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा को नियुक्त भएका छन् ?
👉 गुग्लिएल्मो एरेना (स्विट्जरल्यान्ड)
नियुक्ति मिति: विसं २०८२ फागुन २८
५. राष्ट्रिय आर्थिक गणना २०८२ कहिलेदेखि सुरु गरिने भएको छ ?
👉 विसं २०८३ वैशाख २
नारा: "अर्थतन्त्र मापनका लागि आर्थिक गणना" (असार ७ सम्म)
६. हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
👉 ९६ औँ
पहिलो स्थान: सिङ्गापुर | नेपाललाई ३५ देशमा अनअराइभल भिसा सुविधा।
७. २०८२ माघसम्म नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कति रहेको छ ?
👉 ३ करोड ६ लाख ९८ हजार
८. बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत भयो ?
👉 विसं २०८२ फागुन १२
कुल क्षमता: १२०० मेगावाट | कुल लागत: ४ खर्ब ६ अर्ब रुपियाँ।
९. सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन योजनाले अगाडि सारेको हो ?
👉 नवौँ योजना
१०. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?
👉 कतार
११. एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने सहमति कहिले भएको हो ?
👉 सन् २०२५ मे ११
१२. आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी सन्धि कहिलेदेखि कार्यान्वयनमा आयो ?
👉 सन् २०२१ जनवरी २२
१३. २०८२ भदौ २३ र २४ को घटना जाँचबुझ आयोगको प्रतिवेदन कहिले पेस गरियो ?
👉 विसं २०८२ फागुन २४
अध्यक्ष: पूर्वन्यायाधीश गौरीबहादुर कार्की।
१४. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
👉 विसं २०८२ कात्तिक १६–१७
१५. ‘ज्ञानेन्द्र गदाल गीत सम्मान २०२६’ कसलाई प्रदान गरियो ?
👉 दिनेश अधिकारी
१६. नइ प्रज्ञा पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टाहरू को–को हुन् ?
👉 प्राडा वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु र प्राडा दयाराम श्रेष्ठ
१७. १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने महिला को हुन् ?
👉 पूर्णिमा श्रेष्ठ
स्रोत: गोरखापत्र दैनिक | लोकसेवा तयारी सामग्री

Comments

Post a Comment

Popular posts from this blog

TSC Vacancy 2082-2083: Lower Secondary Level (Ni-Ma-Vi) Teacher Job Openings in Nepal शिक्षक सेवा आयोग विज्ञापन २०८२ : निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन

Nepal khanepani sansthan vacancy 2083

बालेन सरकारका १५ सदस्यीय मन्त्रीहरूको शैक्षिक योग्यताक्रम