प्रतिनिधि सभा निर्वाचन २०८२ र टी-२० विश्वकप विशेष: लोकसेवा समसामयिक वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

२७ फागुन २०८२, बुधबार (गोरखापत्र सारसंग्रह) | प्रस्तुतकर्ता: टङ्क केसी

१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुनुहुन्छ ?
👉 बालेन्द्र शाह (६८,३४८ मत, झापा–५)
• दल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले प्रत्यक्षमा सर्वाधिक १२५ स्थान जितेको)
• निर्वाचन मिति: विसं २०८२ फागुन २१
• सबैभन्दा कम उमेरका विजयी: प्रशान्त उप्रेती (२५ वर्ष, मकवानपुर २)
• सबैभन्दा पहिले विजेता घोषित: रञ्जु दर्शना (काठमाडौँ १)
२. आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को उपाधि जित्ने राष्ट्र कुन हो ?
👉 भारत (उपविजेता: न्युजिल्यान्ड)
भारत तेस्रो पटक च्याम्पियन बनेको। प्लेयर अफ द सिरिज: सन्जु स्याम्सन
३. इरानमा इस्लामिक गणतन्त्रको नयाँ नेताको रूपमा कसलाई नियुक्त गरियो ?
👉 आयातोल्लाह सय्यद मोजतबा खामेनी
नियुक्त मिति: सन् २०२६ मार्च ९।
४. अली मियाँ लोक वाङ्मय सम्मान पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?
👉 प्राडा कुशुमाकर न्यौपाने
५. ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ २०८२ बाट कति जना सम्मानित भए ?
👉 ७ जना
(डा. रमा शिवाकोटी, डा. साधना पन्त, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्राडा कृष्णराज घतानी)
६. नेपालका कति प्रतिशत घरधुरीमा खाना पकाउन दाउराको प्रयोग हुने गरेको छ ?
👉 ५३.६ प्रतिशत
दाउरापछि दोस्रोमा एलपिजी ग्यास (४१.९%) प्रयोग हुने गरेको छ।
७. ग्रामी अवार्ड २०२६ मा ‘एल्बम अफ द इयर’ विधाको अवार्ड कसले जिते ?
👉 ब्याड बन्नी (एल्बम: डेबी टिरार मास फोटोस)
८. नेपाल विश्व स्वास्थ्य सङ्गठन (WHO) को कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ?
👉 सन् २०२५ मे
९. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ ?
👉 १११ वटा
१०. नेपाल र भारतबिच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भयो ?
👉 विसं २०८२ फागुन १३
११. जङ्गली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरियो ?
👉 विसं २०८२ फागुन ११
१२. खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ?
👉 आव २०८१/८२ – २०८६/८७
१३. इन्डोनेसिया सरकारले राष्ट्रिय नायकको उपाधि कसलाई प्रदान गर्‍यो ?
👉 पूर्वराष्ट्रपति सुहार्तो
१४. सगरमाथा वृक्षरोपण महाअभियान कहिले देखि सुरु भएको हो ?
👉 विसं २०८२ असार १४
१५. जापानको प्रधानमन्त्रीमा पुनः निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ?
👉 सानाए ताकाइची (सन् २०२६ फेब्रुअरी)
१६. बाफ्टा फिल्म अवार्ड २०२६ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
👉 वन ब्याटल आफ्टर अनदर (One Battle After Another)
१७. टिएचई (THE) २०२६ अनुसार त्रिभुवन विश्वविद्यालय कति औँ स्थानमा रहेको छ ?
👉 १५०१ औँ वरीयता
१८. ‘अनुशासनबिनाको प्रतिभा छरिएको ऊर्जा जस्तै हो’ भन्ने व्यक्तित्व को हुन् ?
👉 अल्बर्ट आइन्स्टाइन
१९. संयुक्त राष्ट्रसङ्घद्वारा घोषित पारिस्थितिकीय प्रणाली पुनस्र्थापना दशक कुन हो ?
👉 सन् २०२१–२०३०
२०. जगतबन्धु–अन्जु कार्की चेतना विशेष सम्मान २०८२ कसलाई प्रदान गरियो ?
👉 कलाश्री विनोद खनाल
स्रोत: गोरखापत्र दैनिक | लोकसेवा तयारी विशेष सामग्री

Comments

Popular posts from this blog

TSC Vacancy 2082-2083: Lower Secondary Level (Ni-Ma-Vi) Teacher Job Openings in Nepal शिक्षक सेवा आयोग विज्ञापन २०८२ : निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन

Nepal khanepani sansthan vacancy 2083

बालेन सरकारका १५ सदस्यीय मन्त्रीहरूको शैक्षिक योग्यताक्रम