समसामयिक २०८२: नेपालको ऐतिहासिक आम निर्वाचन र राजनीतिक परिवर्तन
🇳🇵समसामयिक २०८२
भाग १: राजनीतिक नियुक्ति तथा पदाधिकारीहरू
✅ नेपालको १३औँ उपसभामुख
➖ रूवी कुमारी ठाकुर (२०८२/१२/२७ मा २२९ मतका साथ निर्वाचित)
➖ नेपालको हालसम्मका सभामुखमध्ये सबैभन्दा कान्छी।
➖ महिलाको आधारमा ८औँ।
➖ नेपालमा हालसम्म ५ पुरुष र ८ महिलासहित कुल १३ उपसभामुख भएका।
✅ नेपालका १३ उपसभामुखहरूको सूची
➖ महेन्द्रनारायण निधी (२०१६–२०१७) – पहिलो उपसभामुख
➖ महन्थ ठाकुर (२०४८–२०५१)
➖ रामविलास यादव (२०५१–२०५४)
➖ लीला श्रेष्ठ सुब्बा (२०५५) – पहिलो महिला उपसभामुख
➖ भोजराज जोशी (२०५५)
➖ चित्रलेखा यादव (२०५६–२०६३)
➖ पूर्णकुमारी सुवेदी (२०६५–२०७०)
➖ ओनसरी घर्ती (२०७०–२०७२)
➖ गंगा प्रसाद यादव (२०७२–२०७४)
➖ डा. शिवमाया तुम्बाहाङ्फे (२०७४–२०७६)
➖ पुष्पा भुसाल (२०७९)
➖ इन्दिरा राना (२०७९) – १२औँ उपसभामुख
➖ रूवी कुमारी ठाकुर – १३औँ
✅ १०औँ सभामुखमा डिपी अर्याल निर्वाचित
➖ वि.सं. २०८२ चैत २२ मा प्रतिनिधि सभा बैठकबाट डोलप्रसाद (डिपी) अर्याल सभामुख चयन।
➖ अन्य उम्मेदवार नपरेकाले निर्विरोध निर्वाचित।
➖ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शीतल निवासमा शपथ ग्रहण।
➖ काठमाडौँ–७ बाट निर्वाचित सांसद।
➖ पूर्व 'श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री'।
➖ नेपालका १०औँ सभामुख।
➖ पहिलो सभामुख: कृष्णप्रसाद भट्टराई।
➖ पहिलो महिला सभामुख: ओनसरी घर्तीमगर।
✅ नेपालका हालसम्मका सभामुखहरू:
➖ कृष्णप्रसाद भट्टराई (वि.सं. २०१५)
➖ दमननाथ ढुङ्गाना (वि.सं. २०४८)
➖ रामचन्द्र पौडेल (वि.सं. २०५१)
➖ तारानाथ रानाभाट (वि.सं. २०५६)
➖ सुवास नेम्वाङ (वि.सं. २०६३, २०६५, २०७०)
➖ ओनसरी घर्ती (वि.सं. २०७२)
➖ कृष्णबहादुर महरा (वि.सं. २०७४)
➖ अग्निप्रसाद सापकोटा (वि.सं. २०७५)
➖ देवराज घिमिरे (वि.सं. २०७९)
➖ डोलप्रसाद (डिपी) अर्याल (वि.सं. २०८२)
भाग २: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र नियुक्ति
✅ महत्त्वपूर्ण नियुक्तिहरू
➖ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष: डा. गुणाकर भट्ट (२०८२ चैत्र २४)
➖ महान्यायाधिवक्ता: डा. नारायणदत्त कँडेल (वि.सं. २०८२ चैत २२)
➖ प्रथम महान्यायाधिवक्ता: कालीप्रसाद उपाध्याय (वि.सं. २००८ पुस ८)
➖ पहिलो महिला महान्यायाधिवक्ता: सविता भण्डारी बराल (वि.सं. २०८२ भदौ २९)
➖ कामु प्रधानन्यायाधीश: सपना प्रधान मल्ल (वि.सं. २०८२ चैत १८)
➖ प्रकाशमानसिंह राउतको अवकाशपछि जिम्मेवारी सम्हालेकी।
➖ न्यायाधीश नियुक्ति: वि.सं. २०७३ साउन १७।
✅ हप्तामा दुई दिन सार्वजनिक बिदा
➖ निर्णय मिति: वि.सं. २०८२ चैत २२।
➖ बिदा: शनिबार र आइतबार।
➖ कार्यालय समय: बिहान ९ देखि बेलुका ५ बजेसम्म।
➖ लागू हुने संस्था: सरकारी कार्यालय र शैक्षिक संस्था।
✅ अन्तर्राष्ट्रिय मिसन तथा प्रविधि
➖ Artemis II (पहिलो मानवयुक्त चन्द्र मिशन):
➖ सन् १९७२ पछि पहिलो मानवयुक्त चन्द्र परिक्रमा मिसन।
➖ लन्च मिति: १ अप्रिल २०२६ (फ्लोरिडा, USA)।
➖ ४ अन्तरिक्षयात्री सहभागी (क्रिस्टिना कोच: चन्द्र कक्षमा पुग्ने पहिलो महिला र भिक्टर ग्लोभर: पहिलो अश्वेत)।
➖ मङ्गल ग्रहमा 'स्टारसिप' रकेट:
➖ निर्माण: स्पेसएक्स (स्पेस एक्स)।
➖ उद्देश्य: रोबोट ‘अप्टिमस’लाई मङ्गल ग्रहमा पठाउने।
➖ प्रक्षेपण: सन् २०२६ को अन्त्यतिर।
➖ ब्रेन–कम्प्युटर चिप (चीन):
➖ मार्च २०२६ मा चीनद्वारा व्यावसायिक स्वीकृति।
➖ उपकरण: ‘नियो’ (पक्षघात भएका बिरामीहरूको उपचारका लागि)।
✅ नेपालको प्रस्तावमा विश्वभर आरोग्य दिवस
➖ दिवस: अप्रिल १५।
➖ पारित मिति: सन् २०२६ मार्च १० (संयुक्त राष्ट्रसङ्घ महासभाद्वारा)।
भाग ३: प्रधानमन्त्री बालेन शाह र आम निर्वाचन २०८२
✅ नेपालको ४३औँ प्रधानमन्त्री बालेन शाह
➖ नियुक्ति मिति: २०८२/१२/१३ (संविधानको धारा ७६ को उपधारा १ अनुसार)।
➖ शपथ: २०८२/१२/१३, दिनको १२:३४ बजे (सनातन विधि र शुभ साइतमा)।
➖ विशेषता:
➖ पहिलो र्यापर र इन्जिनियर प्रधानमन्त्री।
➖ २/३ बहुमत प्राप्त गर्ने रास्वपाको एकल सरकार।
➖ पूर्व प्रम केपी शर्मा ओलीलाई हराएर प्रधानमन्त्री बनेका।
➖ मधेशी मूलको पहिलो प्रधानमन्त्री।
✅ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२
➖ निर्वाचन मिति: २०८२/११/२१।
➖ कुल मतदाता: १,८९,०३,६८९।
➖ निर्वाचित सदस्य: २७५ जना (पुरुष १७९, महिला ९६)।
➖ दलगत नतिजा:
➖ रास्वपा: १८२ सिट (प्रत्यक्ष १२५ + समानुपातिक ५७)।
➖ नेपाली कांग्रेस: ३८ सिट।
➖ नेकपा एमाले: २५ सिट।
➖ श्रम संस्कृति पार्टी: ७ सिट सहित राष्ट्रिय दल बनेको (स्थापनाको ४ महिनामै)।
➖ थ्रेस होल्ड पार गर्ने ६ दल: रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा।
✅ निर्वाचनका रोचक तथ्यहरू
➖ शून्य (०) मत प्राप्त गर्ने उम्मेदवार: ३५० जना।
➖ १ (एक) मत प्राप्त गर्ने: ३६ जना।
➖ जमानत जफत भएका उम्मेदवार: २४९० जना (८५ प्रतिशत)।
➖ ६० वर्ष माथिका विजयी उम्मेदवार: ११ जना।
➖ प्रत्यक्षतर्फ विजयी महिला: १४ जना।
भाग ४: सूचकाङ्कहरू र खेलकुद (ओस्कार तथा टी-२० विश्वकप)
✅ विविध सूचकाङ्कहरू (२०२५/२०२६)
➖ भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२५: १०९औँ
➖ विश्व आतंकवाद सूचकाङ्क २०२६: ८९औँ
➖ एआई प्रयोगको सूची २०२६: ७६औँ
➖ विश्व खुसी सूचकाङ्क २०२६: ९९औँ
➖ हेन्ले पासपोर्ट इन्डेक्स २०२६: ९६औँ
➖ ग्लोबल पिस इन्डेक्स २०२५: ७६औँ
➖ मानव विकास सूचकाङ्क २०२५: १४५औँ
➖ प्रेस स्वतन्त्रता सूचकाङ्क २०२५: ९०औँ
➖ एकल साहसिक यात्रा (सोलो एड्भेन्चर) २०२५ मा नेपाल: ७औँ
➖ ट्रिप एडभाइजर उत्कृष्ट प्राकृतिक गन्तव्य (२०२४): काठमाडौँ (पहिलो)
✅ ९८औँ ओस्कार अवार्ड, २०२६
➖ उत्कृष्ट फिल्म: वान ब्याटल आफ्टर अनदर।
➖ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म: सेन्टिमेन्टल भ्यालु (नर्वे)।
➖ नेपालबाट चयन भएको चलचित्र: एञ्जिला (राष्ट्रिय खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनकथा)।
✅ १०औँ आईसीसी पुरुष टी-२० विश्वकप, २०२६
➖ विजेता: भारत (न्युजिल्याण्डलाई ९६ रनले पराजित)।
➖ इतिहास: भारत तेस्रो पटक विजेता (सर्वाधिक)।
➖ आयोजक: भारत र श्रीलंका।
➖ नेपालको सहभागिता: तेस्रो पटक (२०१४, २०२४ र २०२६)।
➖ नेपालका खेलहरू भएको स्थान: वानखेडे रंगशाला, मुम्बई।
✅ नेपाल–साउदी अरब श्रम सम्झौता
➖ हस्ताक्षर मिति: सन् २०२६ जनवरी २५।
➖ अन्य सम्झौता भएका प्रमुख देशहरू: कतार (२००५), यूएई (२००७), दक्षिण कोरिया (२००७), जापान (२००९), बेलायत (२०२२), जर्मनी (२०२३) आदि।
यस्तै लोकसेवा तथा शिक्षकसेवा लागयत सम्पुर्ण प्रतिस्पर्धात्मक परिक्षाको तयारीको लागि हाम्रो ब्लग
[ lokswagkhub.blogspot.com ] लाई भिजिट गर्न नबिर्सिनुहोला । धन्यवाद !
संकलन: LOKSEWA GK HUB NEPAL FAMILY
अपडेटेड: २०८२ चैत्र २८

Comments
Post a Comment