लोकसेवा तयारी विशेष बस्तुगत प्रश्नोत्तर २०८३ | loksewa tayari bastugat gorkhapatra 2083/1/23 । current affairs
Pdf फाईलमा पढ्नलाई यो link मा click गर्नुहोला ।
https://drive.google.com/file/d/1OPIoTsw1Yxh7-Um4oQGQDbMVhGDlUWHl/view?usp=drivesdk
१. ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार वि.सं. २०९२ भित्र नेपालमा कुल विद्युत् कति उत्पादन गर्ने लक्ष्य रहेको छ ?
👉 २५,४०० मेगावाट
मुख्य लक्ष्य :
कुल विद्युत् उत्पादन : २५,४०० मेगावाट
आन्तरिक खपत : १३,४०० मेगावाट
निर्यात लक्ष्य : १५,००० मेगावाट
प्रतिव्यक्ति ऊर्जा खपत : १,५०० किलोवाट/आवर (हाल ४५० युनिट)
प्रमुख जलविद्युत आयोजना (१० वर्षभित्र सम्पन्न गर्ने) :
बुढीगण्डकी : १,२०० मेगावाट
अपर अरुण : १,०६१ मेगावाट
दूधकोशी : ६७० मेगावाट
अन्यसहित कुल १५ वटा मुख्य आयोजना
सौर्य ऊर्जा :
आगामी दुई वर्षभित्र विद्युत् प्राधिकरणबाट १,००० मेगावाटभन्दा बढी
१० वर्षभित्र निजी क्षेत्रसहित कुल १४,००० मेगावाटको लक्ष्य
पूर्वाधार विकास :
प्रसारण लाइन : अन्तर्राष्ट्रियसहित थप २४ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने
सबस्टेशन क्षमता : आगामी १० वर्षमा ४०,००० एमभिए पुर्याउने
प्रमुख प्रसारण लाइन : ढल्केबर–मुजफ्फरपुर, बुटवल–गोरखपुर, चिलिमे हब–केरुङ (चीनतर्फ)
२. म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम गर्ने धावक को हुन् ?
👉 सेबास्टियन साव (३१ वर्षिय, केन्या)
समय : १ घण्टा ५१ मिनेट ३० सेकेण्डमा ४२.१९५ कि.मी दूरी पार गरेका
प्रतियोगिता : लन्डन म्याराथन (२६ अप्रिल २०२६)
द्वितीय : योमिफ केजेल्चा (इथियोपिया) – १:५२:४१
तृतीय : जेकब किप्लिमो (युगाण्डा) – २:००:२५
महिलातर्फका विजेता :
पहिलो : टिगस्ट अस्सेफा (इथियोपिया), २ घण्टा १५ मिनेट ४१ सेकेण्ड
दोस्रो र तेस्रो स्थान : हेलन ओबिरी (२:१५:५३) र जोयसिलिन जेक्कोस्गेई (२:१५:५५)
३. नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
👉 २५.२ प्रतिशत
वर्तमान आर्थिक अवस्था :
आर्थिक वृद्धि : पछिल्लो एक दशकको वार्षिक औसत वृद्धिदर ४.२ प्रतिशत मात्र
लगानीमा गिरावट : कुल लगानी जीडीपीको ३९.५ प्रतिशतबाट घटेर २८.१ प्रतिशतमा सीमित
निजी क्षेत्रको लगानी : १९.६ प्रतिशतबाट १४.७ प्रतिशतमा झरेको
बेरोजगारी दर : समग्र बेरोजगारी दर १२.६ प्रतिशत
युवा बेरोजगारी दर : २२.७ प्रतिशत
जीडीपीमा क्षेत्रगत योगदान :
कृषि : २५.२ प्रतिशत
सेवा क्षेत्र : ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको
उद्योग : १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको
विद्युत् पहुँच : एक दशकमा ८२९ मेगावाटबाट ३,३८० मेगावाट पुगेको
रेमिट्यान्स : कुल विप्रेषणको योगदान २७.४ प्रतिशत
४. वि.सं. २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्ध जयन्ती मनाइयो ?
👉 २५७० औँ
इपू ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन र माता मायादेवीको सन्तानका रूपमा सिद्धार्थ गौतमको जन्म भएको
दरबारिया सुखसयल त्यागेर कठोर तपस्यापश्चात ३५ वर्षको उमेरमा भारतको बोधगयामा (वैशाख पूर्णिमाकै दिन) उहाँले ‘बुद्धत्व’ प्राप्त गर्नुभएको
‘चार आर्य सत्य’ तथा ‘अष्टाङ्गिक मार्ग’ को प्रतिपादन गर्दै विश्वभर अहिंसा, करुणा र शान्तिको सन्देश फैलाउनुभएको
८० वर्षको उमेरमा भारतको कुशीनगरमा इपू ४८३ वैशाख शुक्ल पूर्णिमाकै दिन महापरिनिर्वाण प्राप्त गर्नुभएको
५. प्रज्ञा पुरस्कार २०८२ (समालोचना विधातर्फ) कसलाई प्रदान गरियो ?
👉 प्राडा अभि सुवेदी
प्रज्ञा पुरस्कार–२०८२ (राशि : जनही रु. एक लाख)
समालोचना : प्राडा अभि सुवेदी
दर्शन : ईश्वरचन्द्र ज्ञवाली
गद्य साहित्य : आहुति
पद्य साहित्य : शैलेन्द्र साकार
भाषा : प्रा. मुकुन्दशरण उपाध्याय
सामाजिक शास्त्र : डा. उद्धव चापागाईं
संस्कृति : प्राडा सोमप्रसाद खरेल
बालसाहित्य : सुषिला प्रधानाङ्ग
अनुवाद : डा. सर्वोत्तम श्रेष्ठ
अन्तर्राष्ट्रिय : नरेश काडामाई राई (बेलायत)
मातृभाषा (हिमाली पहाडी) : बुद्ध योञ्जन
मातृभाषा (मैथिली) : अमरेन्द्र यादव
प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२ (राशि : जनही रु. ५० हजार)
कोशी : मलिया याक्खुम्बा लिम्बू (महेन्द्रकुमार नेवाङ)
मधेश : मुना चौधरी
बागमती : शान्तिप्रिय बन्दना
गण्डकी : अनिल श्रेष्ठ
लुम्बिनी : क्षितिज मगर
कर्णाली : रमानन्द आचार्य
सुदूरपश्चिम : कर्ण दयाल ‘सोडरी’
६. नेपाल सरकारले वि.सं. २०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीको सम्पत्ति छानबिन गर्न कसको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ?
👉 सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी
आयोग गठन : वि.सं. २०८३ वैशाख २
पहिलो चरण : २०६२/६३ देखि हाल (२०८२/८३) सम्म
दोस्रो चरण : २०४६ देखि २०६१/६२ सम्म
‘जनयुद्ध’ आन्दोलनमा भएको दमनबारे छानबिन गर्न प्रेमराज कार्कीको नेतृत्वमा छुट्टै समिति गठन
७. नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुमा आयोजित कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?
👉 पूर्ण ओली (रुकुम)
ग्रेगरी कलासंस्कृति पुरस्कार : सोलुखुम्बुका मनुहाङ किराँती
१९ औँ संस्करण सोलुखुम्बुको सल्लेरीमा आयोजना (२०८२ चैत)
८. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन् ?
👉 लाउरा कार्डोसो (ब्राजिलकी महिला क्रिकेटर)
२१ वर्षीया कार्डोसोले लेसोथोविरुद्ध ९ विकेट लिएकी
३ ओभरमा ४ रन खर्चेर ९ विकेट
यसअघि २०२५ मा सोनाम येशी (भुटान) को ५ विकेटको कीर्तिमान तोडेकी
९. सन् २०२६ मार्चमा अष्ट्रेलियामा सम्पन्न एएफसी महिला एसियन कपको उपाधि विजेता टोली कुन हो ?
👉 जापान
आयोजना मिति : सन् २०२६ मार्च १–२१
सहभागी टोली : १२
बेस्ट प्लेयर : एलाना केनेडी (अष्ट्रेलिया)
बेस्ट गोलकिपर : आयाका यामाशिता (जापान)
फेयर प्ले अवार्ड : जापान
फाइनलमा जापानले अष्ट्रेलियालाई १–० ले हरायो
१०. ‘रन फर नेपाल’ नाराका साथ सन् २०२६ अप्रिलमा सम्पन्न १४ औँ कान्तिपुर हाफ म्याराथनको उपाधि विजेता धावक को हुन् ?
👉 पुरुषतर्फ : त्रिभुवन आर्मीका राजन रोकाया
👉 महिलातर्फ : धादिङकी सन्तोषी श्रेष्ठ
११. बेइजिङमा आयोजित २१ किलोमिटरको हाफ म्याराथनमा चिनियाँ स्मार्ट फोन निर्माता ‘अनर’ द्वारा विकसित मानवाकृति रोबोटले कति समयमा दौड पूरा गरी मानव विश्व कीर्तिमान तोडेको छ ?
👉 ५० मिनेट २६ सेकेण्ड
१२. सरकारले जलाशययुक्त जलविद्युत आयोजनाको अनुमति पत्र अवधि कति वर्ष कायम गर्ने निर्णय गरेको छ ?
👉 ५० वर्ष (वि.सं. २०८३ वैशाख)
१३. नेपालमा राष्ट्रिय याक दिवस कहिले मनाउने गरिन्छ ?
👉 वैशाख ७
१४. ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२६’ मा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ ?
👉 ८७ औँ स्थानमा
नेपाल ५४.८० अंकसाथ १८० राष्ट्रमध्ये ८७ औँ स्थानमा
शीर्ष राष्ट्र : नर्वे, नेदरल्याण्ड, इस्टोनिया, डेनमार्क, स्विडेन
अन्तिम राष्ट्र : इरिट्रिया, उत्तर कोरिया, चीन, इरान, साउदी अरब
१५. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ ?
👉 मे १
सन् २०२६ (१३७ औँ) को नारा :
“Ensuring a healthy psychosocial working environment”
यो दिवस सन् १८८९ देखि मनाउन थालिएको

Comments
Post a Comment