दिगो विकास सम्बन्धि सम्पुर्ण जानकारी pdf सहित । digo bikas sambandhi note / pdf




दिगो विकास सम्बन्धि pdf नोट download गर्न यहाँ लिन्कमा क्लिक गर्नुस्

🌱 दिगो विकास (Sustainable Development)

✨ दिगो विकासको परिभाषा

🟡 “वर्तमान पुस्ताको आवश्यकता पूरा गर्दा भविष्यका पुस्ताले आफ्ना आवश्यकता पूरा गर्ने क्षमतामा असर नपर्ने गरी गरिने विकासलाई दिगो विकास भनिन्छ ।”

➜ Brundtland Commission, 1987

🔵 Sustainable शब्दको अर्थ

कायम रहन सक्ने

निरन्तर चलिरहने

दीर्घकालीन रूपमा टिकिरहने

🔶 दिगो विकासका मुख्य आयाम (3P)

⭕ आर्थिक आयाम (Profit)

➡ आर्थिक रूपमा लाभदायक हुनुपर्छ ।

⭕ सामाजिक आयाम (People)

➡ सामाजिक रूपमा स्वीकार्य हुनुपर्छ ।

⭕ वातावरणीय आयाम (Planet)

➡ वातावरणीय रूपमा अनुकूल हुनुपर्छ ।

🌍 दिगो विकासको अवधारणा

🟡 विकास तथा निर्माण कार्य गर्दा भविष्य पुस्ताको जीवनयापनमा प्रतिकूल असर नपर्ने गरी वर्तमान पुस्ताको आवश्यकता पूरा गर्ने विकासलाई दिगो विकास भनिन्छ ।

🟡 “दिगो विकास” शब्दको प्रयोग सन् १९८३ मा UNO द्वारा गठित Brundtland Commission द्वारा गरिएको थियो ।

🟡 यस आयोगकी अध्यक्ष Norway की प्रधानमन्त्री

⭕ Dr. Gro Harlem Brundtland थिइन् ।

🟡 आयोगले सन् १९८७ मा

⭕ “Our Common Future” प्रतिवेदन प्रस्तुत गरेको थियो ।

🌿 दिगो विकासमा अन्तर्राष्ट्रिय प्रयासहरू

🟨 सन् १९७०

➡ अवधारणागत रूपमा सुरुवात

🟨 सन् १९७१

➡ वातावरणीय भविष्य सम्बन्धी हेल्सिन्की सम्मेलन (फिनल्याण्ड)

🟨 सन् १९७२

⭕ मानव वातावरण सम्बन्धी स्टकहोम सम्मेलन

➡ स्वीडेनको स्टकहोममा सम्पन्न

➡ विश्व वातावरण दिवस जुन ५ घोषणा

➡ पहिलो पटक दिगो विकासको अवधारणाले महत्त्व पाएको

🟨 सन् १९७२

⭕ UNEP स्थापना

➡ United National Environment Program

📍 मुख्यालय : केन्याको नैरोबी

🟨 सन् १९८०

➡ UNEP द्वारा विश्व संरक्षण रणनीति तयार

🟨 सन् १९८३

➡ UNO को ३८ औं महासभाबाट Brundtland Commission गठन

🟨 सन् १९८७

➡ Brundtland प्रतिवेदन

⭕ “Our Common Future”

🌎 पृथ्वी सम्मेलन (Earth Summit) – 1992

📍 ब्राजिलको Rio de Janeiro मा सम्पन्न

✨ विशेषता

🔸 “एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौं” भन्ने नारा

🔸 १७८ राष्ट्रका प्रतिनिधि सहभागी

🔸 ७०० राष्ट्रसंघीय अधिकारी सहभागी

🔸 नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी

🔸 १५५ राष्ट्रले जैविक विविधता महासन्धिमा हस्ताक्षर

📘 Agenda – 21

⭕ वातावरण संरक्षणमा राष्ट्रहरूले गर्ने कामहरूको सूची

मुख्य तथ्य

🔹 ४० बुँदे कार्यक्रम

🔹 १७८ राष्ट्रले हस्ताक्षर

🔹 नेपालका दाङ, सुर्खेत र काभ्रेमा लागू

🔹 हस्ताक्षर गर्ने पहिलो राष्ट्र : चीन (१९९४)

🔹 ८०० पृष्ठ लामो दस्तावेज

🔹 ११० वटा कार्यक्रम योजना समावेश

🌳 Bio-Diversity महासन्धि

⭕ जैविक विविधता सम्बन्धी महासन्धि पारित

🔸 सन् १९९३ डिसेम्बर २९ देखि लागू

🔸 १९६ देशले हस्ताक्षर

🌡 Climate Change

⭕ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संरचना महासन्धि पारित

🌲 Forest Conservation Principle

⭕ वनजंगल संरक्षण सम्बन्धी नीति अवलम्बन

☁️ Kyoto Protocol (सन् १९९७)

📍 जापानको क्योटो शहरमा हस्ताक्षर

मुख्य तथ्य

🔹 सन् २००५ फेब्रुअरी १६ देखि लागू

🔹 १९२ देश सदस्य

🔹 नेपालमा २००५ सेप्टेम्बर २७ देखि लागू

🔹 हरित गृह ग्यास उत्सर्जन घटाउने लक्ष्य

🔹 दोहा सम्मेलनले अवधि २०२० सम्म बढाएको

☣ हरित गृह ग्यासहरू (६)

⭕ CO₂ – कार्बन डाइअक्साइड

⭕ CH₄ – मिथेन

⭕ N₂O – नाइट्रोजन अक्साइड

⭕ HFCS – हाइड्रोफ्लोरो कार्बन

⭕ PFCS – परफ्लोरो कार्बन

⭕ SF₆ – सल्फर हेक्साफ्लोराइड

🎯 सहस्राब्दी विकास लक्ष्य (MDGs) – 2000

📍 ८ वटा लक्ष्य

📍 १८ वटा सूचक

📍 २०१५ सम्म प्राप्त गर्ने लक्ष्य

लक्ष्यहरू

1️⃣ अति गरिबी तथा भोकमरी अन्त्य

2️⃣ सबैका लागि प्राथमिक शिक्षा

3️⃣ लैंगिक समानता र महिला सशक्तीकरण

4️⃣ बाल मृत्युदर न्यूनीकरण

5️⃣ मातृ स्वास्थ्य सुधार

6️⃣ HIV/AIDS तथा अन्य रोग विरुद्ध संघर्ष

7️⃣ वातावरणीय दिगोपना सुनिश्चितता

8️⃣ विकासका लागि विश्वव्यापी साझेदारी

🌍 दिगो विकास लक्ष्य (SDGs)

📅 संयुक्त राष्ट्रसंघको ७० औं महासभा

📍 सेप्टेम्बर २५, २०१५

मुख्य तथ्य

🔸 १९३ राष्ट्रले हस्ताक्षर

🔸 २०१६ देखि २०३० सम्म कार्यान्वयन

🔸 १७ लक्ष्य तय

नारा

⭕ Universal, Integrated and Transformative

अर्को नाम

⭕ Transforming Our World : The 2030 Agenda for Sustainable Development

⭕ Post 2015 Development Agenda

⭕ “The Future We Want” सिद्धान्तमा आधारित

⭕ प्रस्ताव गर्ने देश : कोलम्बिया

🖐 SDGs का 5Ps

1️⃣ Planet

2️⃣ People

3️⃣ Prosperity

4️⃣ Peace

5️⃣ Partnership

🎯 दिगो विकासका १७ लक्ष्य

क्र.सं.

लक्ष्य

गरिबीको अन्त्य

भोकमरीको अन्त्य

स्वस्थ र समुन्नत समाज

गुणस्तरीय शिक्षा

लैंगिक समानता

स्वच्छ पानी तथा सरसफाइ

स्वच्छ ऊर्जा सहज पहुँच

मर्यादित रोजगार तथा आर्थिक वृद्धि

उद्योग पूर्वाधार र नवीन सिर्जना

१०

असमानता न्यूनीकरण

११

दिगो शहर र समुदाय

१२

जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन

१३

जलवायु परिवर्तनमा तत्काल पहल

१४

जलमुनिको जैविक विविधता संरक्षण

१५

जमिनमाथिको जैविक विविधता संरक्षण

१६

शान्ति, न्याय र सशक्त निकाय

१७

लक्ष्य प्राप्तिका लागि साझेदारी

🇳🇵 नेपालका प्रयासहरू

🟡 छैटौं योजना

➡ वातावरणीय नीति र भू–उपयोग नीति अवलम्बन

🟡 सातौं योजना

➡ EIA अनिवार्य

🟡 आठौं योजना

➡ दिगो विकास अवधारणा लागू

🟡 तेह्रौं योजना

➡ जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी दीर्घकालीन सोच

🟡 चौधौं योजना

➡ जलवायु तथा वातावरण संरक्षणलाई निरन्तरता

📌 अन्य महत्वपूर्ण तथ्य

🔸 नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो पटक स्वच्छ वातावरणको हक मौलिक हकको रूपमा राखिएको

🔸 हाल संविधानको धारा ३० मा व्यवस्था

🔸 नेपालले सन् १९९२ देखि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिँदै आएको

🔸 वि.सं. २०७१ मा वातावरण मन्त्रालय स्थापना

🔸 वि.सं. २०७० मा वातावरण संरक्षण परिषद् नेपाल स्थापना

🔸 राष्ट्रिय कृषि वन नीति २०७६

🔸 राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६

🔸 “एक नेपाली एक फलफूलको बिरुवा” अभियान सञ्चालन

Comments

Popular posts from this blog

TSC Vacancy 2082-2083: Lower Secondary Level (Ni-Ma-Vi) Teacher Job Openings in Nepal शिक्षक सेवा आयोग विज्ञापन २०८२ : निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन

Nepal khanepani sansthan vacancy 2083

बालेन सरकारका १५ सदस्यीय मन्त्रीहरूको शैक्षिक योग्यताक्रम