दिगो विकास सम्बन्धि सम्पुर्ण जानकारी pdf सहित । digo bikas sambandhi note / pdf
दिगो विकास सम्बन्धि pdf नोट download गर्न यहाँ लिन्कमा क्लिक गर्नुस्
🌱 दिगो विकास (Sustainable Development)
✨ दिगो विकासको परिभाषा
🟡 “वर्तमान पुस्ताको आवश्यकता पूरा गर्दा भविष्यका पुस्ताले आफ्ना आवश्यकता पूरा गर्ने क्षमतामा असर नपर्ने गरी गरिने विकासलाई दिगो विकास भनिन्छ ।”
➜ Brundtland Commission, 1987
🔵 Sustainable शब्दको अर्थ
कायम रहन सक्ने
निरन्तर चलिरहने
दीर्घकालीन रूपमा टिकिरहने
🔶 दिगो विकासका मुख्य आयाम (3P)
⭕ आर्थिक आयाम (Profit)
➡ आर्थिक रूपमा लाभदायक हुनुपर्छ ।
⭕ सामाजिक आयाम (People)
➡ सामाजिक रूपमा स्वीकार्य हुनुपर्छ ।
⭕ वातावरणीय आयाम (Planet)
➡ वातावरणीय रूपमा अनुकूल हुनुपर्छ ।
🌍 दिगो विकासको अवधारणा
🟡 विकास तथा निर्माण कार्य गर्दा भविष्य पुस्ताको जीवनयापनमा प्रतिकूल असर नपर्ने गरी वर्तमान पुस्ताको आवश्यकता पूरा गर्ने विकासलाई दिगो विकास भनिन्छ ।
🟡 “दिगो विकास” शब्दको प्रयोग सन् १९८३ मा UNO द्वारा गठित Brundtland Commission द्वारा गरिएको थियो ।
🟡 यस आयोगकी अध्यक्ष Norway की प्रधानमन्त्री
⭕ Dr. Gro Harlem Brundtland थिइन् ।
🟡 आयोगले सन् १९८७ मा
⭕ “Our Common Future” प्रतिवेदन प्रस्तुत गरेको थियो ।
🌿 दिगो विकासमा अन्तर्राष्ट्रिय प्रयासहरू
🟨 सन् १९७०
➡ अवधारणागत रूपमा सुरुवात
🟨 सन् १९७१
➡ वातावरणीय भविष्य सम्बन्धी हेल्सिन्की सम्मेलन (फिनल्याण्ड)
🟨 सन् १९७२
⭕ मानव वातावरण सम्बन्धी स्टकहोम सम्मेलन
➡ स्वीडेनको स्टकहोममा सम्पन्न
➡ विश्व वातावरण दिवस जुन ५ घोषणा
➡ पहिलो पटक दिगो विकासको अवधारणाले महत्त्व पाएको
🟨 सन् १९७२
⭕ UNEP स्थापना
➡ United National Environment Program
📍 मुख्यालय : केन्याको नैरोबी
🟨 सन् १९८०
➡ UNEP द्वारा विश्व संरक्षण रणनीति तयार
🟨 सन् १९८३
➡ UNO को ३८ औं महासभाबाट Brundtland Commission गठन
🟨 सन् १९८७
➡ Brundtland प्रतिवेदन
⭕ “Our Common Future”
🌎 पृथ्वी सम्मेलन (Earth Summit) – 1992
📍 ब्राजिलको Rio de Janeiro मा सम्पन्न
✨ विशेषता
🔸 “एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौं” भन्ने नारा
🔸 १७८ राष्ट्रका प्रतिनिधि सहभागी
🔸 ७०० राष्ट्रसंघीय अधिकारी सहभागी
🔸 नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहभागी
🔸 १५५ राष्ट्रले जैविक विविधता महासन्धिमा हस्ताक्षर
📘 Agenda – 21
⭕ वातावरण संरक्षणमा राष्ट्रहरूले गर्ने कामहरूको सूची
मुख्य तथ्य
🔹 ४० बुँदे कार्यक्रम
🔹 १७८ राष्ट्रले हस्ताक्षर
🔹 नेपालका दाङ, सुर्खेत र काभ्रेमा लागू
🔹 हस्ताक्षर गर्ने पहिलो राष्ट्र : चीन (१९९४)
🔹 ८०० पृष्ठ लामो दस्तावेज
🔹 ११० वटा कार्यक्रम योजना समावेश
🌳 Bio-Diversity महासन्धि
⭕ जैविक विविधता सम्बन्धी महासन्धि पारित
🔸 सन् १९९३ डिसेम्बर २९ देखि लागू
🔸 १९६ देशले हस्ताक्षर
🌡 Climate Change
⭕ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संरचना महासन्धि पारित
🌲 Forest Conservation Principle
⭕ वनजंगल संरक्षण सम्बन्धी नीति अवलम्बन
☁️ Kyoto Protocol (सन् १९९७)
📍 जापानको क्योटो शहरमा हस्ताक्षर
मुख्य तथ्य
🔹 सन् २००५ फेब्रुअरी १६ देखि लागू
🔹 १९२ देश सदस्य
🔹 नेपालमा २००५ सेप्टेम्बर २७ देखि लागू
🔹 हरित गृह ग्यास उत्सर्जन घटाउने लक्ष्य
🔹 दोहा सम्मेलनले अवधि २०२० सम्म बढाएको
☣ हरित गृह ग्यासहरू (६)
⭕ CO₂ – कार्बन डाइअक्साइड
⭕ CH₄ – मिथेन
⭕ N₂O – नाइट्रोजन अक्साइड
⭕ HFCS – हाइड्रोफ्लोरो कार्बन
⭕ PFCS – परफ्लोरो कार्बन
⭕ SF₆ – सल्फर हेक्साफ्लोराइड
🎯 सहस्राब्दी विकास लक्ष्य (MDGs) – 2000
📍 ८ वटा लक्ष्य
📍 १८ वटा सूचक
📍 २०१५ सम्म प्राप्त गर्ने लक्ष्य
लक्ष्यहरू
1️⃣ अति गरिबी तथा भोकमरी अन्त्य
2️⃣ सबैका लागि प्राथमिक शिक्षा
3️⃣ लैंगिक समानता र महिला सशक्तीकरण
4️⃣ बाल मृत्युदर न्यूनीकरण
5️⃣ मातृ स्वास्थ्य सुधार
6️⃣ HIV/AIDS तथा अन्य रोग विरुद्ध संघर्ष
7️⃣ वातावरणीय दिगोपना सुनिश्चितता
8️⃣ विकासका लागि विश्वव्यापी साझेदारी
🌍 दिगो विकास लक्ष्य (SDGs)
📅 संयुक्त राष्ट्रसंघको ७० औं महासभा
📍 सेप्टेम्बर २५, २०१५
मुख्य तथ्य
🔸 १९३ राष्ट्रले हस्ताक्षर
🔸 २०१६ देखि २०३० सम्म कार्यान्वयन
🔸 १७ लक्ष्य तय
नारा
⭕ Universal, Integrated and Transformative
अर्को नाम
⭕ Transforming Our World : The 2030 Agenda for Sustainable Development
⭕ Post 2015 Development Agenda
⭕ “The Future We Want” सिद्धान्तमा आधारित
⭕ प्रस्ताव गर्ने देश : कोलम्बिया
🖐 SDGs का 5Ps
1️⃣ Planet
2️⃣ People
3️⃣ Prosperity
4️⃣ Peace
5️⃣ Partnership
🎯 दिगो विकासका १७ लक्ष्य
क्र.सं.
लक्ष्य
१
गरिबीको अन्त्य
२
भोकमरीको अन्त्य
३
स्वस्थ र समुन्नत समाज
४
गुणस्तरीय शिक्षा
५
लैंगिक समानता
६
स्वच्छ पानी तथा सरसफाइ
७
स्वच्छ ऊर्जा सहज पहुँच
८
मर्यादित रोजगार तथा आर्थिक वृद्धि
९
उद्योग पूर्वाधार र नवीन सिर्जना
१०
असमानता न्यूनीकरण
११
दिगो शहर र समुदाय
१२
जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
१३
जलवायु परिवर्तनमा तत्काल पहल
१४
जलमुनिको जैविक विविधता संरक्षण
१५
जमिनमाथिको जैविक विविधता संरक्षण
१६
शान्ति, न्याय र सशक्त निकाय
१७
लक्ष्य प्राप्तिका लागि साझेदारी
🇳🇵 नेपालका प्रयासहरू
🟡 छैटौं योजना
➡ वातावरणीय नीति र भू–उपयोग नीति अवलम्बन
🟡 सातौं योजना
➡ EIA अनिवार्य
🟡 आठौं योजना
➡ दिगो विकास अवधारणा लागू
🟡 तेह्रौं योजना
➡ जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी दीर्घकालीन सोच
🟡 चौधौं योजना
➡ जलवायु तथा वातावरण संरक्षणलाई निरन्तरता
📌 अन्य महत्वपूर्ण तथ्य
🔸 नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो पटक स्वच्छ वातावरणको हक मौलिक हकको रूपमा राखिएको
🔸 हाल संविधानको धारा ३० मा व्यवस्था
🔸 नेपालले सन् १९९२ देखि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिँदै आएको
🔸 वि.सं. २०७१ मा वातावरण मन्त्रालय स्थापना
🔸 वि.सं. २०७० मा वातावरण संरक्षण परिषद् नेपाल स्थापना
🔸 राष्ट्रिय कृषि वन नीति २०७६
🔸 राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६
🔸 “एक नेपाली एक फलफूलको बिरुवा” अभियान सञ्चालन

Comments
Post a Comment