३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता, लाक्पा शेर्पाले ११ औं पटक चढिन् सगरमाथा


३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता, 
लाक्पा शेर्पाले ११ औं पटक चढिन् सगरमाथा 
-------------------------------------
➨कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
-------------------------------------
➨५६ वर्षीय कामिरिताले आज वि.स. २०८३ जेठ ३(१७ मे २०२६) बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
-------------------------------------
➨उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।
-------------------------------------
✧महिलातर्फ लाक्पा शेर्पाले राखिन् सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको विश्वकीर्तिमान
-------------------------------------
➨त्यसैगरी, ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले आज
वि.स. २०८३ जेठ ३(१७ मे २०२६) बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्वकीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।


Comments

Popular posts from this blog

TSC Vacancy 2082-2083: Lower Secondary Level (Ni-Ma-Vi) Teacher Job Openings in Nepal शिक्षक सेवा आयोग विज्ञापन २०८२ : निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन

Nepal khanepani sansthan vacancy 2083

बालेन सरकारका १५ सदस्यीय मन्त्रीहरूको शैक्षिक योग्यताक्रम